
पौष ११ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिस गर्न अस्पताल पुगेका छन्। डायलासिस गर्न शुक्रबार दिउँसो महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन्।
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि पछिल्लो समय प्रधानमन्त्री ओलीको नियमित डायलासिस भइरहेको छ।
प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको हो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ। १२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend