
पौष ११ काठमाडौं सहरलाई कुरुप बनाएको भन्दै काठमाडौं महानगरपालिकाले जथाभावी राखिएका होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ। महानगरपालिकाले आजबाट कोटेश्वरको तीनकुनेदेखि होर्डिङ बोर्ड हटाउन सुरु गरेको हो।
अव्यवस्थित रुपमा राखिएका होर्डिङ बोर्डले देशको राजधानी शहरलाइ कुरुप बनाएको जनगुनासो आउन थालेपछि यस्तो कार्य थालिएको हो।
बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले कार्यदल बनाएर तत्कालै होर्डिङ बोर्ड र जथाभावी लत्रिएका फोन तथा केबुलका तार हटाउने निर्णय गरेको हो। अर्को साता सुरु हुने पर्यटन बर्ष २०२० को सन्दर्भमा पनि शहरलाई सुन्दर बनाउने अभियानको एक अंग भएको बताइएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend