शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

पीपीएल फाइनल: विराटनगरविरुद्ध ब्याटिङ गर्दै चितवन, कसले मार्ला बाजी ?

पीपीएल फाइनल: विराटनगरविरुद्ध ब्याटिङ गर्दै चितवन, कसले मार्ला बाजी ?

पौष १२ काठमाडौं पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा विराटनगरले टस जितेर फिल्डिङ रोजेको छ । गत सिजनको उपविजेता चितवन राइनोजसँग फाइनल खेलिरहेको विराटनगर पहिलो पटक उपाधि जित्ने दाउमा छ ।

चितवन लिग चरणमा सबै खेल जित्दै फाइनल प्रवेश गरेको थियो भने विराटनगर इलिमिनेटर खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

चितवन पहिलो संस्करणको प्रतियोगितामा पनि फाइनल प्रवेश गरेको थियो । फाइनलमा पोखरा पल्टनले चितवनलाई ३ विकेटले हराएको थियो भने विराटनगर लिग चरणबाटै बाहिरिएको थियो । विराटनगर पीपीएलको फाइनल पुगेको पहिलो पटक हो ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend