बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

पीपीएल क्रिकेट: बिराटनगर टाईटन्सलाई हराउँदै चितवन राइनोजले जित्यो उपाधि

पीपीएल क्रिकेट: बिराटनगर टाईटन्सलाई हराउँदै चितवन राइनोजले जित्यो उपाधि

पौष १२ काठमाडौं चितवन राइनोजले पोखरा प्रिमियर लिग पिपिएल टि-२० को उपाधि जितेको छ। बिराटनगर टाईटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि कब्जा गरेको हो। अघिल्लो सिजन फाइनलमा पोखरा पल्टनसंग पराजित भएको चितवनले दोश्रो सिजन भने उपाधि जित्न सफल रह्यो।

लिग चरणमा सबै पांच खेल जित्दै सोझै फाइनल प्रवेश गरेको चितवन प्रतियोगितामा अपराजित रह्यो। प्रतियोगिताको अघिल्लो सिजनको उपाधि शरद भेसावकर कप्तानीको पोखरा पल्टनले जितेको थियो जुन टिम यो पटक प्लेअफ पुग्न असफल रह्यो।

टस हारेर पहिले ब्याटिंग गरेको चितवनले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगरले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend