
पौष १३ काठमाडौं सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई मालाको भारीसहित स्थानीयले भव्य स्वागत गरेका छन्।
गृहजिल्ला काभ्रेको रोशी गाउँपालिका-१ मा बनेको विद्यालय भवन उदघाटन गर्न पुगेका उनलाई गलामा नअट्ने गरि माला पहिर्याइदिएका हुन्।
आँखासमेत छोप्ने गरि माला लगाइदिएपछि बाँस्कोटालाई हिँड्नसमेत गाह्रो भयो।
भवन उदघाटन समारोहमा बोल्दै मन्त्री बास्कोटाले समृद्ध नेपाल सुखी नेपाली र स्वाधीन नेपाल निर्माणमा योगदान पुर्याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताएका थिए। १० वर्षपछि नेपालीको प्रतिव्यक्ति वार्षिक आय साढे १२ हजार अमेरिकी डलर पुग्ने दाबी उनको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend