शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

इराक र सिरियामा अमेरिकी सेनाको आक्रमण, २५ लडाकु मारिए

इराक र सिरियामा अमेरिकी सेनाको आक्रमण, २५ लडाकु मारिए

पौष १४ काठमाडौं अमेरिकी सेनाले इराक र सिरियामा हिज्बुल्लाह सशस्त्र समूह विरुद्ध आक्रमण गर्दा २५ जनाको ज्यान गएको छ। आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित लडाकु शिविरमा आक्रमण गरेको हो।

कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको छ

इराकी सैन्य क्षेत्रमा भएको सो आक्रमणमा कम्तिमा ५५ जना घाइते समेत भएको इराकी सैन्य सुरक्षा स्रोतले जनाएको छ। मारिने लडाकुमध्ये कम्तिमा ४ जना कमाण्डरसमेत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

इरानको समर्थन रहेको शिया मुस्लिमहरूको मिलिसिया समूह कताइब हिज्बुल्लाह सन् २००७ मा गठन भएको हो। अमेरिकाले हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठन मानेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend