logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सर्लाहीमा भारतीय एक युवकको हत्या

    सर्लाहीमा भारतीय एक युवकको हत्या

    1.3K
    Shares
    सर्लाहीमा भारतीय एक युवकको हत्या

    काठमाडौँ । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा–९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको हत्या भएको छ ।

    बुधबार साँझ करिब ६ बजे झाडीमा टाउको देखेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए।

    सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलास राईले दिएको जानकारी अनुसार युवकको टाउको र शरीर २०/२५ मिटरको दूरीमा फेला परेको हो ।

    घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लगिएको छ । उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको सर्लाहीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend