शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

भोलिदेखि ३ दिन पानी र हिउँ पर्ने

भोलिदेखि ३ दिन पानी र हिउँ पर्ने

पौष १५ काठमाडौं जम्मु-कश्मिरमा विकसित पश्‍चिम न्यूनचापीय प्रणाली नेपालतिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार रातिदेखि यो नेपालमा सक्रिय हुने बताइएको छ।

यसैका कारण आज रातीदेखि नै देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र बर्षा हुने सम्भावना छ। हिमपात र पानी परेपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ।

भोलि (बुधबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वी पहाडी भू–भागमा हल्का बर्षाको संभाबना रहेको छ। यस्तै, उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात र बर्षा हुने तथा राती उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको संभाबना रहेको छ।

त्यस्तै बिहिबार दिउँसो उच्च पहाडि र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपातको संभावना रहेको छ। सोही राती राती उच्च पहाडी र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपातको हुने महाशाखाले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend