
सुनौलो नेपाल – सरकारले भिजिट नेपाल २०२० भब्य रुपमा मनाउने तयारी गरेको छ। त्यसका लागी सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई अनवरत काममा खटिनु भएको छ र यसको औपचारीक शुभारम्भ भोली अर्थात जनवरी १ मा टुडिखेलबाट हुदै छ ।
भ्रमण बर्षको पुर्वसन्ध्यामा पर्यटकलाई आकर्षित गर्न के के परिवर्तन भए त भन्ने जिज्ञासा यतिबेला सबैमा छ। त्यसमा पनि नेपालमा सबै भन्दा पहिला पर्यटकले पाइला टेक्ने थलो त्रिभुवन बिमानस्थल कस्तो भयो होला।
केहि समय अगाडी देखी नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै पहिलो बुटिक एयरपोर्टको रुपमा बिस्तार गरीने घोषणा गरीएको थियो के भयो होला सबैको जिज्ञासा छ।
हो अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धेरै परिवर्तन भएको छ। यात्रुहरुले बिमानस्थलमा लाइन बस्नु पर्दैन नेपाली र बिदेशी सबैलाई सहज सुबिधा दिन मिल्ने गरी इमिग्रेसनका काउन्टरहरु बढाईएको छ। जताततै सफा छ पर्यटक यात्रुहरु विदेशबाट आउनासाथ फुल राखिएका घडाले स्वागत गरीने व्यवस्था मिलाईएको छ। अहिले बिमानस्थल आकर्षक भएको छ।
हेर्नुहोस फोटो सहित – फोटो हेमराज शर्मा/ सुनौलो नेपाल
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend