
पौष १५ काठमाडौं तत्कालिन सभामुख कृष्ण बहादुर महरा बलात्कार प्रकरणमा मुछिएपछि सभामुखको पद अहिलेसम्म रिक्त अवस्थामा रहेको छ। सत्तारुढ नेकपाले नै कसलाई सभामुख बनाउने भन्ने बिषयमा ठोस निर्णय लिन सकेको छैन।
सभामुख चयनको विषयलाई लिएर नेकपामा अन्योलता देखिएको छ। सभामुखको टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन। यधपी दुइ अध्यक्षबीच छलफल भने निरन्तर जारी छ। छलफलका लागि केही समय अघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सभामुख चयनको प्रक्रिया अगाडी बढाउन ११ गतेका लागि तय गरिएको संसद बैठक सुचना टाँस गरी रद्द गरिएको थियो। अब संसद १६ गतेका लागि बोलाइएको छ।
प्रधानमन्त्री केपी ओलीले पूर्व सभामुख एवम् स्थायी समिति सदस्य सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने पूर्वमाओवादी पक्षधरले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन बल गरिरहेका छन्। उता रास्ट्रपति बिद्या भण्डारीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाईनै सभामुख बनाउन सक्रियता देखाएकी छिन।
दुई अध्यक्षबीचको छलफलमा नाम टुङगो लागेपछि सचिवालय बैठकमार्फत सभामुखको उम्मेदवार सार्वजनिक गर्ने नेकपा स्रोतले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend