
पौष १५ काठमाडौं काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरी क्षेत्रमा घरभाडामा लिने व्यक्ति तथा संस्थाको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने निर्णय गृह मन्त्रालयले गरेको छ । घरभाडामा लिई विभिन्न आपराधिक गतिविधिहरु बढेको भन्दै गृह मन्त्रालयले यस्तो निर्णय गरको हो।
यसअघि पनि स्वेच्छिक रुपमा डेरावालाको विवरण संकलन गरिँदै आएको भएता पनि अब अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले अराजक गतिविधि न्यूनीकरणका लागि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
यसका साथै स्थानीय इलाका प्रहरी कार्यालयलाई बुझाइएको सो विवरण प्रहरी इकाइले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्ने निर्णय पनि मन्त्रालयले गरेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend