logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • हास्यकलाकार ‘रात मकै’ को गीत सार्वजनिक

    हास्यकलाकार ‘रात मकै’ को गीत सार्वजनिक

    2.7K
    Shares
    हास्यकलाकार ‘रात मकै’ को गीत सार्वजनिक

    काठमाडौं । ‘रात मकै’ को उपनामले परिचित हास्यकलाकार किरण केसीले अभिनय र चलचित्र निर्माणसँगै गायनमा पनि सक्रिय छन्।

    पछिल्लो समय साङ्गीतिक भिडिओमा मोडलको रूपमा प्रस्तुत भइरहेका केसीले एकसाथ तीन गीत तयार गरेका छन् ।

    उनले नेपाल भाषाको ‘छन्त खं सँ’ र नेपाली भाषाको ‘होला होला भन्दै’मा गायनसँगै अभिनय पनि गरेका छन् ।

    यस्तै ‘ए रात’ बोलको गीतमा उनको अभिनय मात्र छ । नेपाल भाषाको गीत इन्टरनेटमा सार्वजनिक भए पनि बाँकी गीत क्रमशः सार्वजनिक गरिने उनले जानकारी दिए ।

    ‘गीतको अडियो तयार भएको लामो समयपछि भिडिओ बनेको हो । मैले सक्दो मेहनत गरेर गीत तयार गरेको छु’, हास्यकलाकार केसीले भने, ‘गायन मेरो प्राथमिकतामा पर्छ । मेरो रूचिलाई बुझेर मलाई धेरैले गीत उपहार दिनुभएको छ । त्यो मेरो लागि अमूल्य उपहार हो ।’

    उनले नेपाल भाषाको गीत गाउँदा केही कठिनाइ भए पनि मेहनतले सम्भव भएको प्रतिक्रिया दिए ।

    हास्यकलाकार केसीले अभिनय यात्रा नै मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टेलिचलचित्रमार्फत सुरु गरेका थिए ।

    ‘छन्त खं सँ’ र ‘होला होला भन्दै’मा शब्द र सङ्गीत मदनकृष्ण श्रेष्ठले दिएका छन् । ‘किरणले अभिनय गर्ने, गाउने, लेख्ने लगायतका विविध विधामा आफूलाई अब्बल सावित गरिरहनु भएको छ । उहाँको सक्रियताले मलाई ऊर्जा प्राप्त हुन्छ’, हास्यकलाकार श्रेष्ठले भने ।

    कलाकार हरिवंश आचार्यले गीत हेरेपछि गायनमा रहर मात्र नभइ मेहनत नै देखिएको बताए । ‘कुनै पनि विधा सजिलो हुँदैन । गायनमा झनै अभ्यास चाहिन्छ । किरणजीले आफूलाई यो लायक बनाउन निकै मेहनत गर्नुभएको छ । म उहाँसँग सुरुवाती समयदेखि नै सहकार्य गरिरहेको छु’, हास्यकलाकार आचार्यले भने।

    हास्यकलाकार केसीका अनुसार दोस्रो गीत जेठ १५ र तेस्रो गीत असार १५ मा सार्वजनिक हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend