logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • चलचित्र छायाङ्कनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यस्थल बनाउनुपर्छ: उपराष्ट्रपति यादव

    चलचित्र छायाङ्कनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यस्थल बनाउनुपर्छ: उपराष्ट्रपति यादव

    2.1K
    Shares
    चलचित्र छायाङ्कनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यस्थल बनाउनुपर्छ: उपराष्ट्रपति यादव

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायाङ्कनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताएका छन् ।

    आईतवार काठमाडौंमा आयोजित ११ औं नेफ्टा फिल्म अवार्डको टप ५ उत्कृष्ट चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले प्रकृतिको सुन्दर उपहार नेपालको भूमी अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि राम्रो गन्तव्यसथल बन्नसक्ने तर यसको प्रचारप्रसार अधिकतम हुनुपर्ने बताए ।

    उनले सबै पक्ष एकजुट भए नेपाली चलचित्र क्षेत्रले थप फड्को मार्ने बताए । उनले नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई थप सुनिश्चितताका साथ कार्यान्वयनमा लैजान चलचित्र क्षेत्रले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए ।

    उनले बहुभाषा र बहुसंस्कृति नेपालका मौलिक पहिचान भएकाले यसको परावर्तन हरेक क्षेत्रमा हुन जरुरी रहेको बताए ।

    उनले भने, ‘नेफ्टा अवार्ड निष्पक्ष र वस्तुपरक रही इमान्दारीका साथ सही कार्यक्रम सञ्चालन हुने कुरामा विश्वस्त छु, प्रकृतिको सुन्दर उपहार नेपालको भूमी अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि राम्रो गन्तव्यसथल बन्नसक्छ । यसका लागि अधिकतम प्रचारप्रसार गर्न जरुरी छ । सबै पक्ष एकजुट भए नेपाली चलचित्र क्षेत्रले थप फड्को मार्छ । नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई थप सुनिश्चितताका साथ कार्यान्वयनमा यो क्षेत्रले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्छ । बहुभाषा र बहुसंस्कृति हाम्रा मौलिक पहिचान भएकाले त्यसको परावर्तन हरेक क्षेत्रमा हुन जरुरी छ ।’

    ११ औं नेफ्टा फिल्म अवार्डको टप ५ चलचित्रमा कबड्डी ४, छक्कापञ्जा ४, ऐना झ्यालको पुतली, राधा र चिसो मान्छे अटाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend