बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

सभामुख चयनमा नेकपामा सहमति जुटेन, संसदको बैठक पुस २७ मा सारियो

सभामुख चयनमा नेकपामा सहमति जुटेन, संसदको बैठक पुस २७ मा सारियो

पौष १५ काठमाडौं तत्कालिन सभामुख कृष्ण बहादुर महरा बलात्कार प्रकरणमा मुछिएपछि सभामुखको पद अहिलेसम्म रिक्त अवस्थामा रहेको छ। सत्तारुढ नेकपाले नै कसलाई सभामुख बनाउने भन्ने बिषयमा ठोस निर्णय लिन सकेको छैन।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच मंगलबार बालुवाटारमा सभामुखका लागि पार्टीबाट उमेदवार चयन गर्नेबारे मंगलबार भएको छलफल विनासहमति टुंगियो।

सभामुख चयनमा सहमति जुट्न नसक्दा १६ पौषमा हुने भनिएको संसदको बैठक नै सूचना टाँस गरेर आगामी पुस २७ गतेसम्मलाई सारिएको छ।

ओलीले पूर्व सभामुख एवम् स्थायी समिति सदस्य सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने पूर्वमाओवादी पक्षधरले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन बल गरिरहेका छन्। उता रास्ट्रपति बिद्या भण्डारीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाईनै सभामुख बनाउन सक्रियता देखाएकी छिन।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend