शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

देउवाले भने: सभामुख र उपसभामुखमध्ये एक पद हामीलाई देउ

देउवाले भने: सभामुख र उपसभामुखमध्ये एक पद हामीलाई देउ

पौष १६ काठमाडौं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सभामुख र उपसभामुखमध्ये एक पद नेपाली कांग्रेसले पाउनुपर्ने दाबी गरेका छन्। विराटनगर विमानस्थलमा बुधवार संवाददाताहरूसँग कुरा गर्दै देउवाले यस्तो बताएका हुन्।

उनले यी दुईमध्ये एक पद कांग्रेसले पायो भने संसद् राम्रोसँग चल्ने वातावरण बन्ने बताए।

सभामुखको पदबारे सत्तारूढ नेकपा र प्रमुख विपक्षी कांग्रेसले दाबी गर्दै आएका छन्। संसद्‌मा बहुमत भएको नेकपा पनि उक्त पदमा कसलाई लैजाने विषयमा अझै अनिर्णित छ। त्यसै कारण पौष ४ गते सुरु भएको संसद्को हिउँदे अधिवेशन प्रभावित भएको छ।

सभामुख चयनमा सहमति जुट्न नसक्दा १६ पौषमा हुने भनिएको संसदको बैठक नै सूचना टाँस गरेर आगामी पुस २७ गतेसम्मलाई सारिएको छ।

ओलीले पूर्व सभामुख एवम् स्थायी समिति सदस्य सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने पूर्वमाओवादी पक्षधरले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन बल गरिरहेका छन्। उता रास्ट्रपति बिद्या भण्डारीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाईनै सभामुख बनाउन सक्रियता देखाएकी छिन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend