logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्र टुंगो लाग्छः प्रधानमन्त्री दाहाल

    नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्र टुंगो लाग्छः प्रधानमन्त्री दाहाल

    1.3K
    Shares
    नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्र टुंगो लाग्छः प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताएका छन् ।

    बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुंगो लाग्ने बताएका हुन् ।

    उनले अघिल्लो प्रतिनिधि सभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नभएर होल्ड भएर बसेको र खारेज समेत नभएको अवस्था रहेको भन्दै उनले सोही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणिकरण गराउने विषयमा पनि छलफल भइरहेको बताए ।

    उनले भने, ‘दुईवटै सम्भावना म देख्छु । त्यहाँ उपस्थित भएको सुझावको आधारको एउटा बाटो । अर्को बाटो फेरि यही सदनबाट नै, अहिलेको यो नयाँ सदनबाट त्यसको विषयमा एउटा या त संकल्प प्रश्तावमार्फत । या अरु कुनै प्रस्तावमार्फत् राष्ट्रपतिलाई त्यो विधेयकको बारेमा प्रमाणिकरण गर्न अनुरोध गर्ने बाटो एउटा हुनसक्छ । या अर्को क्याबिनेटबाट डिसिजन गरेर राष्ट्रपतिसँग अनुरोध गर्ने पनि एउटा बाटो हुनसक्छ । तर अब त्यो विधेयकलाई खारेज गरेर फेरि अर्को विधेयक ल्याउने बारेमा पनि मतहरु छन् । फेरि सदनमा अर्को विधेयक ल्याएर त्यो जिरोमा गयो । त्यसकारण जिरोमा गइसकेको विधेयकलाई, मृत भइसकेको विधेयकलाई जीवित मान्न सकिँदैन भन्ने मत पनि सदनभित्र पनि छ । सदन बाहिर पनि छ । यो विषयमा छलफल चलेको छ । प्रधानमन्त्रीको हैसियतले मेरो के कोशिस छ भने एक महिनाभित्रै यसको टुंगो लाग्छ ।’

    उनले नयाँ विधेयक ल्याउनुपर्ने मत समेत रहेको भन्दै विभिन्न सम्भावनाहरुमा छलफल भइरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend