
पौष १७ काठमाडौं प्रहरी प्रधान कार्यालयले पुस ४ गते चितवन प्रहरी प्रमुख दान बहादुर मल्लसहित २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गर्यो। मल्लको सरुवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा भयो। तर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुर्ववडीगार्ड समेत रहेका मल्ल सरुवाको १३ दिन बितिसक्दा पनि चितवनमै छन्।
सरूवा भएका अधिकांश प्रहरी उपरीक्षकले जिल्ला सम्हालिसकेका छन्। मल्ल कार्यरत चितवनमा प्रहरी उपरीक्षक गंगा पन्तको सरूवा भएको थियो। साधारणतया २४ घन्टाभित्र सरूवा कार्यान्वयन गराइसक्नुपर्ने नियम प्रहरी संगठनमा छ।
सरूवा भएको थाहा पाएपछि अधिकृतहरू जिल्ला छोडेर नयाँ आउने अधिकृतलाई ठाउँ खाली गर्छन्। साधारणत: एक वर्षसम्म जिल्ला प्रमुखको कार्यकाल हो। त्यसभन्दा अगाडि आठ महिनामै मल्लको सरूवा भएको थियो। उनलाई कमजोर कार्यक्षमता भएको भन्दै प्रधान कार्यालयले आठ महिनामै सरूवा गरेको थियो।
प्रहरी प्रधान कार्यालयले पठाएको ठाउँमा नगएर आफू बसेकै ठाउँमा बसिरहदा संगठनभित्रै व्यापक विरोध भएको छ । उच्च प्रहरी अधिकारीले नै संगठनले तोकेको ठाउँमा जान नमान्दा संगठनको अनुशासनमा ठूलो समस्या आउनसक्ने चिन्ता व्यक्त गरेका छन् । मल्ललाई चितवन राख्न प्रचण्डले नै भूमिका खेलेको हुनसक्ने प्रहरी अधिकारी बताउँछन् । शक्तिको आडमा संगठनकै आदेश नमान्नु निकै चिन्ताको विषय भएको र यसले संगठनलाई कमजोर बनाउने उनिहरुको भनाइ छ।
सरुवा भएको यतिका दिनसम्म पनि जिल्ला नछाडेपछि उनलाई लाई १२ घण्टाभित्र बुझबुझारथ गर्दै जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ। प्रदेश प्रहरी कार्यालयले बुधबार गोप्य सर्कुलर गरे पनि मल्लले त्यसलाई सार्वजनिक गरिदिएका छन् । योसंगै शक्तिको आडमा अटेरी गर्दै चितवनमै बस्दै एसपी मल्लको हठको अन्त्य भएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend