मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

तत्कालका लागि लोकसेवा नखुल्ने, मन्त्रालयले जारी गर्यो यस्तो सुचना

तत्कालका लागि लोकसेवा नखुल्ने, मन्त्रालयले जारी गर्यो यस्तो सुचना

पौष १७ काठमाडौं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनंकित पदहरूमा लोक सेवा आयोगको विज्ञापन तत्काल नखोल्ने निर्णय गरेको छ।
कर्मचारी व्यवस्थापन गर्न कठिन हुने भएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो।

मन्त्रालयले एक सुचना जारी गर्दै विज्ञापन तत्काल नखोल्न सम्बन्धित निकायलाई सुचित गरेको हो। सुचनामा मन्त्रालयले भनेको छ, ‘स्थानीय तहका लागि पदपूर्तिको विज्ञापन भई सोबमोजिम कर्मचारी सिफारिस भई आउनेक्रम शुरू भएको र सो कार्य सम्पन्न हुन केही समय थप लाग्ने भएकाले सो कार्य सम्पन्न नहुँदै लोक सेवा आयोगमा माग पठाउँदा दोहोरो पर्न गई पछि कर्मचारी व्यवस्थापन गर्न कठिन हुने भएकाले अर्को व्यवस्था नभएसम्म राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरू रिक्त भएपनि हाललाई माग आकृति फारम पठाउने कार्य नगर्नु नगराउनुहुन यस मन्त्रालय (सचिवस्तर)को मिति २०७६/०९/१६ को निर्णयानुसार अनुरोध छ,’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend