logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal
    नक्कली भुटानी शरणार्थी प्रकरण...

    ओलीको आरोप– शरणार्थी प्रकरणमा सरकारले दोषी उम्काउने र निर्दोष फसाउने षडयन्त्र गरिरहेको छ

    ओलीको आरोप– शरणार्थी प्रकरणमा सरकारले दोषी उम्काउने र निर्दोष फसाउने षडयन्त्र गरिरहेको छ

    2.6K
    Shares
    ओलीको आरोप– शरणार्थी प्रकरणमा सरकारले दोषी उम्काउने र निर्दोष फसाउने षडयन्त्र गरिरहेको छ

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

    अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयासबारे आफूसँग तथ्य प्रमाण रहेको उल्लेख गर्दै त्यसो नगर्न पनि सरकारलाई सचेत गराए ।

    आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो प्रकरणका दोषीलाई उम्काउने षडयन्त्र तत्काल बन्द गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । अध्यक्ष ओलीले सो प्रकरणको छानविनमा हस्तक्षेप नगर्न पनि सरकारलाई खवरदारी गरे ।

    उनले भने, ‘केपी ओलीले अर्थोक गर्ला । बाघ भोकै पर्छ, गाँस खाँदैन भन्छन नि । म्याऊ म्याऊ गर्दैन । र, यस प्रसंगलाई, यस भ्रष्टाचारको कारबाहीलाई निष्पक्ष र तटस्थ ढंगले कोही पनि अपरोधी नउम्कने गरी र कोही पनि दोषीलाई, दोषी नउम्कियोस्, निर्दोष कोही नफसोस् । फेरी एकपल्ट म दोहो¥याउन चाहन्छु–म तथ्य प्रमाणसहित भन्दैछु–दोषीलाई उम्काउने कोशिस भईरहेको छ । निर्दोषलाई फसाउन कोशिस भईरहेको छ । यो कुरा बन्द गरियोस् । र, दोषीमाथि कारबाही दृढताका साथ अगाडि बढाओस् । म सरकारलाई भन्न चाहन्छु सभामुख महोदय, सरकारले यसमा, मन्त्रीपरिषदका नेताहरुले हस्तक्षेप गर्नुपर्ने आवश्यक्ता छैन । प्रहरीलाई निष्पक्ष छानविन गर्न दिनुस्त । मैले भने नि जेठ १९ कि ३० मा परेको निवेदन अनुसार पक्राउ परेका मान्छे किन छोडियो ? पुलिसले छोडेको होइन । छोडन लगाईयो, बाध्य बनाइयो । यत्तिकै छुटे मान्छे ? छोडन लगाईयो । त्यसकारण यो खालको कर्महरु नगरिउन । ढाकछोप गर्ने दुश्साहन नगरियोस् । र, राजनीतिक अभिष्ट साँध्नका लागि निर्दोषलाई फसाउने पनि अपराध कर्म हो । त्यो अपराध कर्म गर्ने धृष्टता नगरियोस् । यतापट्टि म ध्यानार्षण गराउन चाहन्छु । अरु सबै भ्रष्टाचारका बारेमा के–के छानविन गर्नु हुन्छ ? नेकपा एमाले सधैं हन्ड्रेड पर्सेन्ट, सम्पूर्ण रुपमा छानविनका निकायहरुलाई साथ दिन तयार छ ।’

    अध्यक्ष ओलीले भ्रष्टाचारका सबै काण्डहरुको छानविनमा आफ्नो पार्टीले सरकारलाई पुरै सघाउने प्रतिवद्धता समेत व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend