शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

नेकपाको सचिवालय बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवार र सभामुख टुंग्याउने तयारी

नेकपाको सचिवालय बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवार र सभामुख टुंग्याउने तयारी

१८ पुस, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान साढे आठ बजे बैठक बस्न लागेको हो ।

बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार र सभामुख पदको उम्मेदवार छनोटका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यस विषयमा बिहीबारको सचिवालय बैठकमा पनि छलफल भएको थियो तर कुनै निष्कर्ष निस्किएन । राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी -राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ ।

बिहीबारको बैठकमा सभामुख पदको उम्मेदवार छनोट गर्ने विषयमा छलफल नभएकाले शुक्रबारको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेपछि सभामुख पद रिक्त छ । सभामुख छनोट गर्न नसक्दा संसदको हिउँदे अधिवेशनसमेत प्रभावित भएको छ । सभामुख पदका लागि पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend