logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • लुम्बिनी प्रदेश सरकार विस्तार, आज साँझ नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण

    लुम्बिनी प्रदेश सरकार विस्तार, आज साँझ नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण

    2.2K
    Shares
    लुम्बिनी प्रदेश सरकार विस्तार, आज साँझ नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण

    लुम्बिनी । लुम्बिनी प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीले सत्ता साझेदार दलहरु कांग्रेस, जसपा, जनमतबाट ३ जना नेतालाई मन्त्रीपरिषद्मा सामेल गराउँदै प्रदेश सरकार विस्तार गरेका हुन् ।

    मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट एक/एक जना गरी तीन जना थपेर सात सदस्सीय मन्त्रिपरिषद् बनाएका हुन् ।

    कांग्रेसका राजु खनालले स्वास्थ्यमन्त्रालय, जनमतबाट चन्द्रकेश गुप्ताले सामाजिक विकासमन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री नियुक्त भएका छन् ।

    त्यस्तै, दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो ।

    मुख्यमन्त्री सचिवालयले नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण आजै बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने जनाएको छ ।

    यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाएका थिए ।

    प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले लुम्बिनीमा अझै केही मन्त्रालय रिक्त नै रहेका र बाँकी मन्त्री बजेटपछि नियुक्त हुने जानकारी दिए ।

    माओवादीमा आन्तरिक विवाद भएपछि बाँकी मन्त्री नियुक्ति बजेटपछिका लागि तय भएको स्रोतको भनाइ छ ।

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले बैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए ।

    कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीनरतीन जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन कांग्रेसका डिल्ली चौधरी नेतृत्वको सरकारले पाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend