logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • चलचित्र क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्छः अध्यक्ष तिमिल्सिना

    चलचित्र क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्छः अध्यक्ष तिमिल्सिना

    1.4K
    Shares
    चलचित्र क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्छः अध्यक्ष तिमिल्सिना

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चलचित्र क्षेत्रमा राजनीति प्रवेश गराउनु नहुने बताएका छन् ।

    आईतवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले देशमा हरेक क्षेत्रमा राजनीति हाबी भएको उल्लेख गर्दै चलचित्र क्षेत्रले राजनीतिलाई नबोकी अघि बढ्नुपर्ने बताए । उनले कलाकारहरु राजनीतिक दलका संगठनहरुमा लागेर नियुक्तिका लागि पार्टीमा लाग्न छोड्नुपर्ने बताए । उनले नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि बढाउन जरुरी रहेको बताए

    । उनले चलचित्र क्षेत्र सबैको माया पाउने क्षेत्रका रुपमा विकास हुन आवश्यक रहेको उल्लेख गरे । उनले नेपाली चलचित्रले आफ्नो बहुआयामिक पहिचानलाई बचाइरहन आवश्यक रहेको बताए ।

    उनले भने, ‘नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि लैजानुपर्छ । नेपालको आफ्नो बहुआयामिक पहिचानलाई कायम राख्दै फरक पहिचानका साथ विश्वमा नै नेपाली चलचित्रलाई स्थापित गराउन कलाकार, उद्यमी, पत्रकारहको आवश्यक्ता छ । यसले जीविको पार्जन पनि हुन्छ सँगै यसले देशको ख्याति पनि अघि बढाउँछ । हामीले पहिचान दिन सक्नुपर्छ । राज्यको ध्यान पनि यस क्षेत्रमा जानुपर्छ । चलचित्र क्षेत्रमा त लाग्ने तर गास, बासको लागि नै समस्या छ भने किन लाग्ने ? यस कारण यस क्षेत्रबाट पनि देशलाई अघि बढाउन सकिन्छ भन्ने हिसावमा हामी सबै जानुपर्छ । अहिले हरेक क्षेत्रमा राजनीति घुसेको छ, यो चलचित्र क्षेत्रमा राजनीति नघुसाइ अघि बढाउनुपर्छ । त्यो भन्दा पृथक ढंगबाट चलचित्र क्षेत्रलाई लैजान सक्नुभयो भने राम्रो होला, तर कलाकार सबै पार्टीका भातृ संस्थामा बाँडिन जानुभयो भने माया मान्ने धेरै हुँदैनन् । नियुक्तिका लागि पार्टीमा लाग्नुभयो भने कसैको पनि मायाँ पाउनु हुन्न, सबैको मायाँ पाउने संस्था बन्नसक्नुपर्छ ।’

    अध्यक्ष तिमिल्सिनाले चलचित्र र चलचित्र पत्रकारहरुलाई थप माथि उठाउन सरकारले आवश्यक ध्यान दिन जरुरी रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend