logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानमन्त्री हुँदा असाधारण विकास गर्दा आत्तिएर विरोधीहरूले कुप्रचारको खेती गरे: ओली

    प्रधानमन्त्री हुँदा असाधारण विकास गर्दा आत्तिएर विरोधीहरूले कुप्रचारको खेती गरे: ओली

    2K
    Shares
    प्रधानमन्त्री हुँदा असाधारण विकास गर्दा आत्तिएर विरोधीहरूले कुप्रचारको खेती गरे: ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बखत असाधारण विकास गरेको दावी गरेका छन् । तर उनले त्यति राम्रो काम गर्दा पनि विरोधीहरुले आलोचनासँगै कुप्रथा गरेको असुन्तुष्टि समेत पोखेका छन् ।

    सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले असाधारण विकास गर्दा पनि धर नपाएको उल्लेख गरे।

    ‘गोयवल्सले भनेजस्तो झुट कुरा पनि सय पटक बोल्यो भने सत्यजस्तो लाग्न थाल्छ। त्यो कुरा मैले प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै महसुस गरेँ।’ ओलीले भने, असाधारण विकास गर्दा पनि धर पाइनँ, यति विरोध भयो कि विरोधीहरू आत्तिएको आत्तियै, कराएको करायै गर्न थाले।’

    आफू प्रधानमन्त्री हुँदा जनतामा आड भरोसा र उत्साह बेग्लै भएको उल्लेख गर्दै ओलीले छोटो समयमा थुप्रै विकास निर्माणका उल्लेखनीय कार्य गरेको दावी गरे ।

    ‘अस्पताल शिक्षालय, सरकारी भवन निर्माण भयो। छोटो समयमा हजारौं पुल बने। मदन भण्डारी र हुलाकी राजमार्ग निर्माण, खानेपानी, विद्युत, अप्टिकल फाइबर, फोरजी ७७ वटै जिल्लामा पुर्याइयो। उत्पादन उत्पादकत्व ७ प्रतिशतसम्म पुर्याइयो। तर विरोधीहरू कूप्रचारमा लागे।’

    आफ्नो कामले एमालेलाई बलियो बनाएको तर कमजोर पार्नका लागि झूट र बेइमानीको खेती हुनुका साथै कूप्रचार गरिएको आलीको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend