शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

नेकपाले लगायो राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो, गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ उम्मेदवार (नामावलीसहित)

नेकपाले लगायो राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो, गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ उम्मेदवार (नामावलीसहित)

पौष १८ काठमाडौं नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामावली टुंगो लगाएको हो ।

प्रदेश एकबाट महिला उम्मेवार इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ । त्यसैगरी प्रदेश दुईमा राजपासँग चुनावी तालमेल गर्दा नेकपाले दुईजना उम्मेदवार पाएको छ । जसमा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ ।

प्रदेश ३ मा नेकपाले महिला उम्मेदवारमा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई चयन गरेको छ। त्यस्तै गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन्। त्यस्तै महिलामा भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ।

प्रदशे ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई, प्रदेश ६ मा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुनिता बिसी उम्मेदवार भएका छन्। त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट उम्मेदवार भएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend