सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

एमसीसी आर्थिक सहायताका रुपमा हो भने स्वागत गर्नुपर्छ: चिनियाँ राजदूत

एमसीसी आर्थिक सहायताका रुपमा हो भने स्वागत गर्नुपर्छ: चिनियाँ राजदूत

पौष १८ काठमाडौं नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् आउने सहयोग आर्थिक सहयाताको रुपमा स्वागत गर्नुपर्ने बताएकी छन्। चिनिया दुतावासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस बिषयमा नेपाल स्वतन्त्र रहेको पनि बताइन।

उनले भनिन, नेपालले चीनसँग मात्रै सहयोग लिनुपर्छ भन्ने छैन, आफ्नो देशको हित हेरेर स्वतन्त्र निर्णय लिनुपर्छ ।” कुनै देशको सहयोग लिंदा हस्तक्षेपमा नभएर स्वतन्त्र भएर लिनुपर्छ। नेपालका राजनीतिक दलहरु, सरकार र संसद्मा यसलाई अनुमोदन गर्नेबारे व्यापक छलफल भइरहेको र यसबारे नेपालले आफैं स्वतन्त्र निर्णय लिन सक्षम रहेको उनको भनाइ थियो।

चीन र नेपालको सुरक्षा चासोबारे दुवै देश सचेत र प्रष्ट रहे पनि अन्य देशले खेल्न चाहेको भन्दै उनले दुई देश बीचको सम्बन्ध बिग्रन दिन नहुने स्पस्ट पारिन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend