logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

    चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

    1.8K
    Shares
    चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

    काठमाडौं । द ग्रुप प्रा.लि.को ब्यानरमा हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा निर्माण गरिएको ‘टुल्की’ शुक्रवारबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

    बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।

    शिशिर वाङदेल, स्वस्तिमा कार्की, हिमाली हमाल, नरेन तामाङ, रत्नप्रसाद न्यौपाने, सोम लामा, शेखर लामा, सौजन सुब्बा, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको चलचित्रमा अभिनय रहेको छ ।

    लक्ष्मण सुनारको कथा र देवजंग थापाको छायाँकन तथा निर्देशनमा बनेको ‘टुल्की’मा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ ।

    झन्डै चार वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माणपक्षको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend