शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

चरी समूहका गुण्डा ‘राते’ पक्राउ

चरी समूहका गुण्डा ‘राते’ पक्राउ

पौष १८ काठमाडौं चरी समूहका गुण्डा राते भन्ने सुजन श्रेष्ठ पक्राउ परेका छन् । ज्यान मार्ने मुद्दाका फरार आरोपित उनलाई बिहीबार राती १० बजे ठमेलबाट महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो ।

श्रेष्ठ धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई नयाँबजार बस्दै आएका थिए।

०७५ चैत १८ गते ठमेलस्थित एलओडी क्लब अगाडि रेम्बो भन्ने अजय गुरुङ र रातेले काठमाडौँ महानगरपालिका–२६ ठमेलमा बस्दै आएका विष्णु कठायतमाथि आक्रमण गरेका थिए । कठायतलाई पछाडिबाट रडले टाउकोमा हानेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ।

अर्का आरोपी अजय गुरुङ फरार छन्। उनको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट