काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने मिति तय भएको छ।
प्रधानमन्त्री दाहाल आगामी जेठ १७ देखि २० सम्म दक्षिणी छिमेक भारतको भ्रमणमा जाने भएको हो ।
संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् ।
चारदिने भ्रमणलाई मध्यनजर गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयले गृहकार्य बढाएको बताइएको छ ।