logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको भाडादर घट्यो

    काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको भाडादर घट्यो

    2.8K
    Shares
    काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको भाडादर घट्यो

    काठमाडौं । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनमा लाग्ने भाडादर घटाएको छ ।

    संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको केही दिनपछि बागमती प्रदेश सरकारले पनि प्रदेश भित्र चल्ने सवारी साधनको भाडा दर समायोजन गर्ने निर्णय लिएको हो ।

    यो सँगै अब प्रदेशभरी चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९, सिटी बसमा ५.९ प्रतिशत र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा दर घटेको छ ।

    कानूनी प्राबधानअनुसार अन्तरप्रदेश चल्ने सवारीको भाडा केन्द्र सरकारले निर्धारण गर्ने गर्दछ भने अन्तरपालिकास्तरमा चल्ने सवारीको भाडा प्रदेश सरकारले निर्धारण गर्ने गर्दछ ।

    पेट्रोलियम पदार्थको मूल्य घटेपछि यसअघि केन्द्र सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको थियो ।

    बुधबार बसेको भाडा निर्धारण समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको बताइएको छ ।
    अब काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीको पनि भाडा घट्नेछ । भाडा घटाइएको निर्णय आज राजपत्रमा प्रकाशित गरिएपछि भाडादर लागू हुनेछ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend