logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • कोपा इटालिया कपकाे उपाधि इन्टरलाई

    कोपा इटालिया कपकाे उपाधि इन्टरलाई

    1.3K
    Shares
    कोपा इटालिया कपकाे उपाधि इन्टरलाई

    एजेन्सी । कोपा इटालिया कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । रोमामा बुधबार राति भएको खेलमा इन्टरले फियोरेन्टिनालाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

    इन्टरको यो लगातार दोस्रो उपाधि हो । इन्टरलाई उपाधि रक्षा गराउन दुवै गोल लोउटारो मार्टिनेजले गरे । फियोरेन्टिनाका निकोलस गोन्जालेसको सुरुवाती गोल गोल सान्त्वना बन्यो । तेस्रो मिनेटमै निकोलस गोन्जालेसले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाए ।

    त्यसपछि २९औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३७औं मिनेटमा लोउटारो मार्टिनेजको ब्यक्तिगत दोस्रो गोल टोलीको जितमा प्रयाप्त बन्यो । इन्टरको यो समग्रमा नवौं कोपा इलालिया उपाधि हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend