
पौष १८ काठमाडौं १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार पुनः डायलासिस गरिएको छ। शुक्रबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको नियमित गरिँदै आएको मिर्गौलाको डायलासिस गरिएको हो।
यो १२औँ पटकको डायलासिस हो। उनको मिर्गौलामा छिटोछिटो समस्या देखिएपछि नियमित डायलासिस गरिंदै आइएको छ। यसअघि उनको महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिक्समा जमेको पिप फुटेर पेटमा संक्रमण शल्यक्रिया गरिएको थियो।
नियमित डायलासिस गरेर प्रधानमन्त्री ओली आजै बालुवाटर फर्किनेछन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend