logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतसँगको सम्बन्ध नेपालको लागि अवसर हो, समस्या होइन: सांसद राई

    भारतसँगको सम्बन्ध नेपालको लागि अवसर हो, समस्या होइन: सांसद राई

    1.6K
    Shares
    भारतसँगको सम्बन्ध नेपालको लागि अवसर हो, समस्या होइन: सांसद राई

    काठमाडौं । नेकपा(एमाले)का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताएका छन् ।

    बिहीवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद राईले नेपालको लागि भारतसँगको सम्बन्ध अवसर भएको बताएका हुन् ।

    उनले छिमेकी मुलुकसँगको सम्बन्ध हाम्रो लागि समस्या नभएको बताए । उनले भारतसँगको सम्बन्धलाई अवसरको रुपमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताए ।

    सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको मुल कपि नै नभएको भन्दै बजारमा सुनिएका कुराहरुको आधिकारिताको सम्बन्धमा प्रश्न उठाए ।

    उनले भने, ‘१९५० को सन्धिको मुल कपि छैन । जे प्राप्त भएको छ, त्यसको आधिकारिकता कति छ जसको मुल कपि अहिलेसम्म पाएकै छैन । हामीले जे बजारमा पाइरहेका छौँ, जे हाम्रोमा सुन्नमा, देख्नमा, बुझ्नमा आइरहेको छ यसको आधिकारिकता कति ? दोस्रो कुरा भारत नेपालको लागि अवसर हो भन्ने बुझ्छु मैले । तर यसलाई समस्या बनाइयो । त्यो पनि हाम्रो नेतृत्वको कारणले गरेको हो । मेरो कुरा के हो भने भारत समस्या होइन अवसर हो । यसलाई अवसरको रुपमा परिणत गराउनको लागि हाम्रो नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपथ्र्यो हुनुपथ्र्यो भएन । १९५० को सन्धी खारेज हुनु, नहुनुले केही अर्थ छैन । यसमा लेखिएका बुँदाहरुले देखिन्छ यो खारेज हुनु नहुनुको केही अर्थ छैन । तर हामी यसैलाई कोकोहोला गरिरहेका छौँ । १९५० को असमान सन्धि खारेज गर समस्या पारेको छ चल्न दिएको छ भनिरहेका छौँ ।’

    उनले नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धि खारेज हुनु र नहुनेको कुनै अर्थ नभएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend