
पौष १८ काठमाडौं सर्लाहीको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश कुमार अग्रवालले उखु किसानको सबै वक्यौता रकम एक महिनाभित्र तिर्न आफु तयार रहेको लिखित प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अग्रवालले यसका लागि लिखित प्रतिबद्धता जनाएका हुन् ।
आन्दोलनरत उखु किसानलाई बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको अग्रवालले बताएका छन् । उनले गरेको लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र मिलले ५ करोड रुपैयाँ किसानको खातामा पठाउने छ । यस्तै माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने प्रतिवद्धता अग्रवालले जनाएका छन्।
विगत दुइ सातादेखि उखु किसानहरु पैसा नपाएको भनि आन्दोलनरत थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend