शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

स्टार क्रिकेटर हसिम अमला एभरेस्ट प्रिमियर लिग खेल्न आउने पक्का

स्टार क्रिकेटर हसिम अमला एभरेस्ट प्रिमियर लिग खेल्न आउने पक्का

पौष १८ काठमाडौं दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमलाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

हसिम अमला आउने पक्का भएको ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले बताएका छन् । अमलाले कुन टोलीबाट खेल्ने भन्नेबारे केहि दिनपछि थाहा हुने उनले बताए।

अमलाले दक्षिण अफ्रिकाबाट १ सय २४ टेष्ट, १ सय ८१ ओडीआई र ४४ टि ट्वान्टी आई खेलेका छन् । २ सय १५ टेष्ट इनिङमा उनले २८ शतक र ४१ अर्ध शतक सहित कुल ९ हजार २ सय ८२ रन बनाएका छन् । जसमा ३ सय ११ अविजित उत्कृष्ट प्रर्दशन रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend