logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • महिला भलिबल च्यालेन्ज कपः कीर्गिस्तानले माल्दिभ्सलाई हरायो

    महिला भलिबल च्यालेन्ज कपः कीर्गिस्तानले माल्दिभ्सलाई हरायो

    442
    SHARES
    महिला भलिबल च्यालेन्ज कपः कीर्गिस्तानले माल्दिभ्सलाई हरायो

    काठमाडौं । राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ ।


    एसेवा


    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई ३–० को साझो सेटले पराजित गर्दै विजयी भएको हो । कीर्गिस्तानले माल्दिभ्सलाई पहिलो सेट २५–२०, दोस्रो सेट २५–२० र तेस्रो तथा अन्तिम सेट २५–१५ ले हरायो ।

    उक्त प्रतियोगिताअन्तर्गत नेपालले सेमिफाइनल खेलमा भोलि काजकिस्तानको सामना गर्नेछ । नेपाल र काजकिस्तानबीचको खेल अपराह्न पाँच बजे हुनेछ ।

    त्यस्तै भोलि नै हुने अर्को सेमिफाइन खेलमा उज्वेकिस्तान र भारत आमने सामने हुनेछन् । उक्त खेल दिउँसो २ः३० बजे हुनेछ ।

    राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend