logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान प्रतिबन्ध

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान प्रतिबन्ध

    494
    SHARES
    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान प्रतिबन्ध

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ।


    एसेवा


    तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेपछि खानलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको हो ।

    अदालतमा उपहारसम्बन्धी मुद्दा चलिरहेको समयमा कतिपयले उनी फरार हुन सक्ने आँकलन गरेका थिए। कादिर ट्रस्ट प्रकरणमा खानलाई गत मे ९ मा प्रहरीले पक्राउ गरेको थियो।

    त्यसपछि देशभर भड्किएको हिंसामा झण्डै १० मानिसको मृत्यु भएको थियो। उनीमाथि एन्टी टेरोरिज्म मुद्दामा झण्डै १४० मुद्दा दर्ता छन् ।

    उनी गिरफ्तार भएपछि भड्किएको हिंसाको मामिलामा समेत मुद्दा दर्ता भएका छन्।

    मुद्दा हाल्नेमा सैनिकसमेत छ। पछिल्लो पटक सरकारले खानसहित झण्डै ६०० जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको सञ्चारमाध्यमले जनाएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend