logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • गोरखामा एक लाख २० हजार पशुचौपायालाई खोप

    गोरखामा एक लाख २० हजार पशुचौपायालाई खोप

    2.4K
    Shares
    गोरखामा एक लाख २० हजार पशुचौपायालाई खोप

    गोरखा । गोरखाको दुई पालिकाभित्रका करिब एक लाख २० हजार पशुचौपायालाई खोप लगाइएको छ ।

    भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकाभित्रका गाईभैँसी, बाख्रा, बङ्गुर तथा कुकुरलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो ।

    पशुसेवा विज्ञ केन्द्रका अधिकृत तथा सूचना अधिकारी डा लालमणि अर्यालका अनुसार भीमसेन थापा गाउँपालिकामा १४ हजार एक सय ३४ गाईभैँसीलाई खोरेत, भ्यागुते रोग र चरचरेविरुद्धको खोप लगाइएको छ ।

    त्यस्तै नौ सय १२ बङ्गुरलाई स्वाइन फिवरविरुद्धको खोप र ३९ हजार नौ सय २२ बाख्रालाई पिपिआर रोगविरुद्ध खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिकामा सात सय ११ कुकुरलाई पनि यस वर्ष रेबिजविरुद्धको खोप दिइएको डा आर्चायले जानकारी दिए ।

    त्यस्तै आरुघाटमा १७ हजार आठ सय ९१ गाईभैँसीलाई खोरेत, भ्यागुते रोग र चरचरेविरुद्धको खोप र एक हजार छ सय ३५ बङ्गुरलाई स्वाइन फिवरविरुद्धको खोप लगाइएको छ ।

    आरुघाटभित्र ४२ हजार छ सय ४७ बाख्रालाई पिपिआरविरुद्धको तथा एक हजार चार सय ५५ कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

    जिल्लामा पशुधनको सुरक्षाका लागि २०७८ सालदेखि सुरु भएको खोप कार्यक्रम अहिले चार स्थानीय तहमा विस्तार भएको डा आर्चायले बताए ।

    ‘खोप कार्यक्रम सञ्चालन भएका क्षेत्रमा बाख्रामा पिपिआरविरुद्धको खोप लगाएपछि रोग देखापरेको छैन’, उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend