logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • काभा महिला भलिबल च्यालेन्ज कपः आज नेपालले काजकिस्तानसँग प्रतिस्पर्धा गर्दै

    काभा महिला भलिबल च्यालेन्ज कपः आज नेपालले काजकिस्तानसँग प्रतिस्पर्धा गर्दै

    442
    SHARES
    काभा महिला भलिबल च्यालेन्ज कपः आज नेपालले काजकिस्तानसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । जारी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलको खेल आज घरेलु टोली नेपालले काजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।


    एसेवा


    बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३–१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो । कजाकस्तान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

    सहभागी ८ टिममध्येकै बलियो मानिएको कजाकस्तानले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न भने सकेको छैन ।

    समूह चरणमा शत प्रतिशत नतिजा निकालेको कजाकस्तानसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

    आजै हुने पहिलो सेमिफाइनलमा समूह एको विजेता भारतले भने समूह बीको उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

    समूह बीको खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई ३–१ को सेटमा हराई समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend