logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • वृहत नेपाली शब्दकोशलाई परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान

    वृहत नेपाली शब्दकोशलाई परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान

    1.9K
    Shares
    वृहत नेपाली शब्दकोशलाई परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान

    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले वृहत नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ । शुक्रवार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आायेजित पत्रकार सम्मेलनमा वृहत नेपाली शब्दकोसमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि छापिएको वृहत नेपाली शब्दकोशमा विवादित शब्दहरुको रहेको भन्दै धेरै उजुरी आएको बताए ।

    उनले वृहत नेपाली शब्दकोशमा कुनैपनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको बताए । उनले वृहत शब्दकोश परिमार्जनको लागि सामाजिक संस्था र सरोकारवाला निकायहरुसँग छलफल गरी समिति बनाएर काम अगाडि बढाउने बताए ।

    उनले हेरक वर्ष असार ९ गते हुने राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक, सहभागितामुलक र समावेशी बनाउने बताए । उनले प्रतिष्ठानले साहित्य पत्रिका र पत्रकारलाई दिने गरेको अनुदानको सट्टा दुई जना विशिष्ट साहित्य पत्रकारहरुलाई साहित्यिक पत्रकारीता राष्ट्रिय पुस्कारबाट सम्मान गरिने निर्णय भएको बताए । उनले जनताको संघर्ष र बलिदान र वीरताको गाथा सौन्दर्यात्मक खोजिमा प्रतिष्ठानले जोड दिने बताए ।

    कुलपति राईले प्रतिष्ठानले १२३ भाषा र १२५ बढी जातजातिलाई समेटर लैजानुपर्ने चुनौति रहेको बताए । उनले आगामी ४ वर्षमा प्रतिष्ठानलाई सबैको प्रज्ञा प्रतिष्ठान बनाउने योजना रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend