मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

जापानले माग्यो २३ सय जना नेपाली कामदार

जापानले माग्यो २३ सय जना नेपाली कामदार

पौष १९ काठमाडौं जापानले नर्सिङ केयर गिभरको लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । नेपालबाट जापानमा कामदार पठाउन भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउण्डेशनले जनवरी र मार्चमा गरी २३ सय जनाको लागि भाषा परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

जनवरीमा एक हजार र मार्चमा १३ सय जना सहभागी हुनेगरी जम्मा दुई चरणमा भाषा परीक्षा हुनेछ । त्यसका लागि जापान फाउण्डेशनले केयर गिभरमा जान इच्छुकहरुसँग आवेदन माग गरेको छ । भाषा परीक्षा जनवरीको ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखका लागि तोकिएको छ । यस्तै मार्चमा भने ३–५, ९–११, १२, १५–१९ तारिखमा हुनेछ ।

भाषा परीक्षा काठमाण्डौको डिल्लीबजारमा रहेको युनिभर्सल ल्याङ्ग्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा हुनेछ । परीक्षाको लागि आवेदन शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ । परीक्षाको किसिममा कम्प्युटरमा आधारित परीक्षण (सीबीटी) टाइप, मार्क टाइप, राइटिङ टाइप र स्किल टाइप तोकिएको छ । यस्तै परीक्षाको विषयमा शब्दार्थ र लेखनशैली, कन्भेक्सनल र एक्स्प्रेसन तथा रिडिङ एण्ड लिस्निङ कम्प्रिहेन्सनलाई राखिएको छ ।

जम्मा २ सय ५० पूर्णांकको यस परीक्षामा दुई सय अंक ल्याएर परिक्षार्थी उत्तीर्ण हुन सक्नेछन् । आवेदन दिनका लागि नेपाली नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवश्यक पर्ने र जापानी भाषामा ए टू तह उत्तीर्ण भएको हुनुपर्ने छ । यस्तै बोलीचालीको सामान्य जापानी भाषा बोल्न र बुझ्न सक्ने न्यूनतम योग्यता हुनुपर्ने छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend