
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आगामी पुस २३ गते बस्ने भनिएको केन्द्रीय कमिटिको बैठक माघ १५ गते सम्मको लागि स्थगित भएको छ ।
यस अघि पुस २३ गते देखि बस्राने भनिएको बैठकराष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने कारण देखाउदै २०७६ माघ १५ गतेलाई तोकिएको प्रचार बिभाग उपप्रमुख सुर्य थापाले जानकारी दिएका छन ।आइतबार नेकपा सचिवालयकाे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिबालय बैठक बसेको थियो ।
यस अघि बसेकोको स्थाई कमिटिको बैठकले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेको थियो ।स्थाई कमिटि बैठकले बामदेव गौतमलाई उपाध्यक्ष बन्ने बाटो तय गरको थियो ।पार्टी एकीकरणपछि ४ सय ४५ सदस्यीय केन्द्रीय समितिले शपथग्रहण बाहेक अन्य विषयमा छलफल गर्ने गरि अहिलेसम्म केन्द्रीय समितिको बैठक बसेको छैन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend