logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएनः मुख्यमन्त्री चौधरी

    प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएनः मुख्यमन्त्री चौधरी

    1.7K
    Shares
    प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएनः मुख्यमन्त्री चौधरी

    लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसारको अधिकार दिन नसकेको बताएका छन् ।

    आज लुम्बिनी प्रदेशले राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको १६औँ गणतन्त्र दिवसका अवसरमा उनले प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती थपिँदै जाने खतरा रहेको प्रष्ट्याए ।

    गणतन्त्र संस्थागत नहुँदासम्म जनताको अधिकार प्राप्तिका लागि सरकार लडिरहने पनि उनले बताए। उनले केन्द्रले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार आफैँ केन्द्रमा थमौती गरेर राख्दा कति असर गरेको छ भन्ने कुरा देखिएको बताए। ‘यो कुरा आएर केन्द्र सरकारले स्थानीय नागरिकलाई सोधोस् अनि बल्ल जनताले जवाफ दिनेछन्’, उनले भने ।

    अहिले पनि तहगतरुपमा संविधानले तोकेको अधिकार प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्री चौधरीले गणतन्त्र संस्थागत हुन नसक्दा जनताका अपेक्षा पूरा गर्न नसकिने हुँदा आआफ्नो दायित्व पूरा गर्न नसक्ने जस्ता समस्या देखिएको औँल्याए ।

    उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नुपर्ने बताए । अधिकार बाँडफाँटमा केन्द्र सरकारले हस्तक्षेप नगर्न उनको आग्रह थियो । अधिकार प्रदेशमा दिन उनले केन्द्र सरकारको ध्यानाकर्षण गराए।

    गणतन्त्रको उपलब्धिलाई तल्लो तहसम्म पुर्‍याएमात्र गणतन्त्रमा सबैको अपनत्व बढ्ने उनको धारणा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend