काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको टोली मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आज अपराह्न बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने टोली स्वीकृत गरेको जानकारी दिइन् ।
सञ्चार मन्त्री शर्माका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा पाँच जना मन्त्रीहरु सहभागी भएका छन् । जसअनुसार टोलीमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्र, अर्थ र उद्योग मन्त्री लगायत रहने छन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ १७ गते भारत भ्रमणमा जाने र २० गते स्वदेश र्फिता हुने कार्यक्रम तय गरिएको ेछ ।