शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

नकाबधारी समूहद्वारा जवाहरलाल नेहरु विश्वविद्यालयमा आक्रमण, दर्जनबढी घाइते

नकाबधारी समूहद्वारा जवाहरलाल नेहरु विश्वविद्यालयमा आक्रमण, दर्जनबढी घाइते

भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा नकाबधारी समूहले आक्रमणबाट गर्दा जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित १८ विद्यार्थी घाइते भएका छन् ।

आइतबार राति भएको सो घटनामा मुखमा मास्क लगाएका ५० जनाभन्दा बढी आक्रमणकारी हातमा फलामे डण्डी र लठ्ठी लिएर प्रवेश गरेको र जथाभावी आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

आक्रमणको घटनापछि प्रहरीले विश्वविद्यालय र छात्रबासलाई कडा सुरक्षा घेरामा राखेको छ । जेएनयूको मुख्य गेटमा सयौं प्रहरी तैनाथ गरिएको छ ।
नकावधारी आक्रमणको विरोधमा विद्यार्थीहरुले विश्वविद्यालय गेट बाहिर र दिल्ली प्रहरी मुख्यालय बाहिर विरोध प्रदर्शन गरेका छन् ।

गृहमन्त्री अमित शाहले घटनाको अनुसन्धान गरी आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । विश्वविद्यालय प्रशासनले १ जनवरीदेखि विश्वविद्यालयमा शीतकालीन सत्र सुरु भएकोमा विद्यार्थीहरुले रजिष्ट्रेशनको समर्थन र विरोध गरेका थिए । यही विषयलाई लिएर ५ जनवरीको दिन विद्यार्थीहरुबीच झडपसमेत भएको थियो । ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend