logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • नयाँ बजेटमा कृषि अनुदान: ‘उत्पादन साथमा, अनुदान हातमा’

    नयाँ बजेटमा कृषि अनुदान: ‘उत्पादन साथमा, अनुदान हातमा’

    1.7K
    Shares
    नयाँ बजेटमा कृषि अनुदान: ‘उत्पादन साथमा, अनुदान हातमा’

    काठमाडौं । सरकारले कृषि क्षेत्रमा दिँईदै आएको अनुदानलाई उत्पादनमा आधारित बनाउने भएको छ ।

    सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।

    ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाईने अर्थमन्त्री महतले बताए । उनले कृषि अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन महिना भित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।

    बजेटमा कृषि अनुदान सदुपयोग नभएको भन्ने आम गुनासोलाई सम्बोधन गर्न सो मापदण्ड बनाउने कार्यक्रम तय गरिएको पनि स्पष्ट पारिएको छ ।

    अर्थमन्त्री महतले भने, ‘राष्ट्रिय अर्थतन्त्रको मुख्य आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्वका वृद्धि गर्न जोड दिइनेछ । कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा कृषि उपजको भण्डारण र बजारीकरणको समुचित प्रबन्ध मिलाइनेछ । खाद्य तथा पोषण सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यक्रम संचालन गरिनेछ । ‘उत्पादन साथमा, अनुदानमा हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाईनेछ । बीउ खरिद, रासायनिक मल, विमा र यान्त्रिकीकरणमा दिँइदै आएको अनुदान बाहेक सबै अनुदानलाई उत्पादनमा आधारित बनाईनेछ । यस बमोजिम अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन भित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । यसबाट कृषिमा प्रदान गरिँदै आएको अनुदान सदुपयोग नभएको भन्ने आम गुनासो सम्बोधन हुने र वास्तविक किसान लाभान्वित भई कृषि उत्पादन बढाउन सघाउ पुग्ने अपेक्षा गरेको छु ।’

    बजेटमा कृषि उत्पादन वृद्धिमा जोड दिने पनि भनिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend