logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ विनियोजित,दिवा खाजालाई ८ अर्ब ४५ करोड

    शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ विनियोजित,दिवा खाजालाई ८ अर्ब ४५ करोड

    959
    Shares
    शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ विनियोजित,दिवा खाजालाई ८ अर्ब ४५ करोड

    काठमाडौं । सरकारले दिवा खाजालाई ८ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको बताए ।

    उनले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको बताए । उनले दिवा खाजाको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरिएको बताए ।

    अर्थमन्त्री महतले स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने समेत बताए । उनले दिवा खाजा कार्यक्रमबाट करिव ३२ लाख विद्यार्थी लाभान्वित हुने अनुमान गरेको बताए ।

    त्यस्तै, सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ विनियोजित गरेको छ । अर्थमन्त्री महतले सरकारले सबै विषय पढेकाले शिक्षण अनुमति पत्र लिन पाउने गरी कानूनमा व्यवस्था गर्ने घोषणा गरे ।

    उनले सबै विषय पढेकालाई शिक्षण अनुमतिपत्रको परीक्षा दिन पाउने कानूनी व्यवस्था गरिने बताए । उनले शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन गरिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend