
पौष २१ काठमाडौं इरानको रेभोल्युसनरी गार्ड्सको सम्भ्रान्त कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानीको हत्या भएपछी अमेरिका र इरानबीच तनाब सृजना भएको छ।
सुलेमानीको हत्या भएपछी इरानले अमेरिकालाई यसको बदला लिने चेतावनी दिएको छ। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिएका छन् । संगै इरानले सन् २०१५ मा भएको एउटा अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्धलाई नमान्ने घोषणा गरेको छ। इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की ट्रंपले गरेको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ । यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।
यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको हो । जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ । ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको हो ।
गत शुक्रवार अमेरिकी हवाई हमलामा इराकको राजधानी बग्दादमा इरानका एकजना निकै शक्तिशाली सैन्य जेनेरल कासीम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव बढेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend