logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • गैँडाकोटको अक्सफोर्ड कलेजलाई फेरि अन्तर्राष्ट्रिय अवार्ड

    गैँडाकोटको अक्सफोर्ड कलेजलाई फेरि अन्तर्राष्ट्रिय अवार्ड

    4.8K
    Shares
    गैँडाकोटको अक्सफोर्ड कलेजलाई फेरि अन्तर्राष्ट्रिय अवार्ड

    गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले ‘पिक अफ सक्सेस–२०२३’ अवार्ड प्राप्त गर्न सफल भएको छ ।

    संसारभरका राम्रा र सफल कम्पनीहरुलाई अर्वाड प्रदान गर्ने अमेरिकन कम्पनी द कन्फिडेरेसन अफ बिजनेसले काजगस्थानको राजधानी आस्थानामा आयोजित एक भब्य कार्यक्रमका बीच कलेजका प्रिन्सीपल प्रा. ई हरि भण्डारी लाई सो अर्वाड प्रदान गरेको हो ।

    द कन्फिडेरेसन अफ बिजनेसका प्रेसीडेन्ट जेसीस मोर्गानले विभिन्न ५० राष्ट्रका बिभिन्न व्यवसायिक स‌घंस‌गठनका प्रमुख एवंम् प्रतिनिधीहरुका माझ अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सीपल भण्डारीलाई प्रदान गरेका थिए ।

    सो अवसरमा अब्बल र गुणस्तरीय शैक्षिक संस्था बनाउन सफल भएको भन्दै प्रिन्सीपल भण्डारीलाई वरल्डलिडर विजेनश पर्सन र वरल्ड विजेनश लिडर गरि दुइवटा अवार्डले सम्मान गरिएको छ ।

    त्यसैगरी, सामुहिक बलबाट अब्बल नतिजा निकाल्न लागि मेहनत गरेको भन्दै कलेजका प्राध्यापकहरु तिलकराम पन्थी, भिम प्रसाद भण्डारी, दिपेन्द्र सिलवाल, प्रेमलाल शर्मालाई समेत अवार्ड प्रदान गरिएको अक्सफोर्ड कलेजले जनाएको छ ।

    कलेजका प्रिन्सीपल प्रा. ई. हरि भण्डारीले भने, ‘कलेज र कलेजका प्राध्यापकहरुलाई दिइएको सम्मानले अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट उत्कृष्ट क्षमताको प्रयोग गरी चुस्त ब्यवस्थापन , सफल नेतृत्व र शैक्षिक गुणस्तर कायम गर्न सफल र सक्षम छ भन्ने कुरा प्रमाणित भएको छ ।’

    विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । गैँडाकोट २ मा रहेको यो कलेजमा बीसीए, विभिन्न विषयमा इन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, कम्युटर विज्ञान, बीबीए लगायतका विषयमा पढाइ हुँदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend