शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

जनकपुरमा भेटिएको शंकास्पद बस्तु बम हुन सक्ने

जनकपुरमा भेटिएको शंकास्पद बस्तु बम हुन सक्ने

सुनौलो नेपाल, जनकपुरको सीता चोकमा भेटिएको शंकास्पद झोलाम फेला परेको छ । उक्त शंकास्पद झोलामा बम हुन् सक्ने आंकलन सहित प्रहरीले सुरक्षा सर्तकर्ताका लागि घेरा हालेर त्यो वरिपरीवाट आवतजावतमा रोक लगाएको छ । मंगलबार बिहान एउटा पसलको मुनि झोला फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शंकास्पद झोलामा बम रहेको हुन् सक्ने दाबी गरिएपनि निश्चित गर्नको लागि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए । यस अघि जनकपुरमा यस्ता घटनाहरु बढ्दै गएपछि त्यहाँको सुरक्षा स्थिति मजबुत बनाईएको छ ।

यसअघि क्षीरेश्वरनाथ नगरपालिकाको महोन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहाल, औषधि व्यवसायी राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु भएको थियो ।
सो घटनापछि संकटमोचन मन्दिर जानेबाटो, सरस्वती स्कुल जाने बाटो, धनुषाधाम स्कूल, जानकी मन्दिरदेखि देवी चोक जाने बाटो, पूरानोवार, महेन्द्रनगरको सखुवा चोमा संकास्पद फेला परिसकेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend