आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा खेल्न खोजियो: मन्त्री भट्टराई

काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा खेल्न खोजियो: मन्त्री भट्टराई

पौष २२ काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अस्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को र्‍याली गर्न रोक लगाएको भन्दै सम्प्रेषण भएका समाचारमा कुनै पनि सत्यता नभएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै मन्त्री भट्टराइले काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा खेल्न खोजिएको आरोप लगाएका छन्। उनले लेखेका छन्, अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा NRNA लगायतका संघ/ संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । NSW स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो । मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो ।

भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend